काठमाडौं - गत २४ घण्टामा देशभर २ सय ५० जना कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएका संक्रमितमा २३० जना पुरुष र २० जना महिला रहेको बताए । यस्तै संक्रमित मध्ये ४ हजार २ सय ८५ जना पुरुष र ३ सय २९ जना महिला छन्।
स्थ्य मन्त्रालयका अनुसार अाज सुनसरीका ३, रौतहटका ४२, बाराका ७, धादिङका ७, सर्लाहीका ४, सप्तरीका ९, रौतहटका १५, महोत्तरीका ४, झापाका ३, दाङका ८, रोल्पाका १४, बाँकेका १३, दैलेखका ४८, सुर्खेतका ७, कपिलवस्तुका १, प्युठानका ४, रुपन्देहीका २९, कैलालीका ७, बाजुराका १८, बझाङका २, नवलपरासीका ६ र कपिलवस्तुका १जना संक्रमित थपिएका हुन्।
नेपालमा हालसम्म ८ सय ६१ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका हुन् जसमा १ सय ७९ जना पुरूष र ८ जना महिला रहेका छन्। मन्त्रालयका अनुसार कुल डिस्चार्ज हुनेहरूमा ७ सय ७४ जना पुरूष र ८७ जना महिला रहेका छन् । त्यस्तै हालसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।
प्रादेशिक बिबरणा अनुसार प्रदेश १ मा ३ सय ७, प्रदेश २ मा १ हजार ६ सय ७१ ,बाग्मति प्रदेशमा १ सय ४७, गण्डकी प्रदेशमा १ सय ४७ ,प्रदेश ५ मा १ हजार ३ सय ९९, कर्णालि प्रदेशमा ७ सय ५९ र सुदुरपश्चिम प्रदेशमा १ सय ९२ जना संक्रमितहरू फेला परेका छन् ।
हालसम्म रेड जाेनमा पर्नेकाे संख्या ४ सय ९२ रहेकाे छ ।