बजाजले आफ्नो सर्वाधिक बिक्री हुने मोडल पल्सर १२५ को नयाँ संस्करण सार्वजनिक गरेको छ। बजाजले यसलाई भारत सरकारले ल्याएको नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा अपग्रेड गरेको छ भने यसकाे डिजाइन पनि परिवर्तन भएकाे छ। योसँगै यसको मूल्य ९ हजार भारतीय रुपैयाँले बढेको छ।
अहिले नेपाली बजारमा बिक्रि भइरहेकाे पल्सर १२५ को मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ रहेको छ। केही महिना अघि बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले नेपाली बजारमा लन्च गरी यसकाे बिक्री सुरु गरेको हाे।
यो मोटरसाइकल नियोन ब्ल्यू, सोलार रेड र प्लाटिनम सिल्भर कलर अप्शनमा उपलब्ध रहेको छ। अहिले बिक्रि भइरहेकाे भन्दा नयाँ संस्करणकाे पल्सर १२५ काे डिजाइन केहि फरक रहेकाे छ। कम्पनीले यसमा स्प्लिट सिट दिएको छ। जसकारण याे पल्सर १२५ स्प्लिट सीट भर्जनकाे नामले प्रचलित रहेकाे छ। यस अघिकाे माेडलमा भने सिंगल-पीस सीट प्रयाेग भएकाे छ। याे बाहेक यसमा अन्य प्रिमियम फिचर पनि थप भएकाे छ।
स्प्लिट सीट भेरिएन्टमा १२४.४ सीसीको सिंगल सिलिन्डर युक्त एयरकुल्ड इन्जन रहेको छ। जसले ११.८ बीएच पावरका साथै ११ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५ स्पीडको म्यानुअल गियरबक्स दिईएको छ। यसले होन्डा सीबी साइन, यामाहा सलुटो तथा टीभीएस स्टाइकरसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएकाे छ।