काठमाडौं– भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुला रहने भएको छ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ३१ जेठ (शनिबार) सार्वजनिक बिदामा समेत खुला राख्न निर्देशन दिएको हो।
कोरोना भाइरस माहामारीको कारण राजश्व उठ्न नसकेको भन्दै राजश्व बुझ्ने बैंकका शाखाहरु खुला राख्न निर्देशन दिइएको राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले जानकारी दिए।