धनगढी – सुदूरपश्चिममा अबदेखि क्वारेन्टिनमा रहेकाहरुलाई परीक्षण नगरेरै घर पठाइने भएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार एक सूचना जारी गरि प्रदेशमा कोरोना परीक्षण किट अभाव भएपछि क्वारेन्टिनबाट परीक्षण बिनै घर पठाइने जनाएको छ ।
होम आइसोलेसन र होम क्वारेन्टिनमा बसेका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या देखा परेमा स्थानीय स्तरमा रहेका स्वास्थ्यकर्मीले उपचार गर्ने र थप उपचार गर्नुपरेमा जिल्ला अस्पतालमा पठाउने सूचनामा उल्लेख गरिएको छ ।
१४ दिन क्वारेन्टिनमा बसेका नागरिकमा कुनै लक्षण नदेखिए मापदण्ड अनुसार होम क्वारेन्टिनमा पठाउन सकिने स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।