सर्लाही– सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि स्थिती तनावग्रस्त बनेको छ। उनीहरुलाई रोक्न सशस्त्र प्रहरीले १५ राउन्ड गोली चलाएको छ।
शुक्रबार बिहान नेपाल-भारत सीमा क्षेत्र नारायणपुर नाकाबाट नेपाल भित्रिन खोजेकाले ड्यूटीमा रहेका सशस्त्रका जवानको हतियार खोसेपछि झडप भएकाे र त्यसलाई नियन्त्रण गर्न गाेली चलाइएको सशस्त्र प्रहरी बल सर्लाहीका एसपी गंगाराम श्रेष्ठले जानकारी दिए।
उक्त घटनामा तीन भारतीय र सशस्त्रका केही जवान घाइते भएका छन् भने सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्।