नेपालमा क्रसफायरका नयाँ मोटरसाइकलहरूकाे बुकिङ्ग खुलेकाे छ। क्रसफायरकाे नेपालका लागि आधिकारिक बिक्रेता सोलफुल मोटर प्रालि (Soulful Motor Pvt. Ltd) ले नयाँ क्रसफायर एचजे २५० (Crossfire HJ 250) र क्रसफायर जिआर७ २५० (Crossfire GR7 250) को लागि बुकिङ्ग खुला गरेकाे हाे।
यी दुबै माेटरसाइकलमा २४९.६ सीसीकाे लिक्विडकुल्ड इन्जिन (liquid-cooled engine) रहेको छ। जसले अधिकतम ३०.१५ बीएच पावर र २३ एनएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पीडकाे म्यानुयल गियरबक्स दिईएको छ।
फरक विशेषता समेटिएक यी माेटरसाइकलहरूमा एलइडी हेडलाईट, एलइडी टेलल्याम्प, एलइडी टर्निङ लाइट, क्यूबीक हेडलाईटस् र डिजिटल इन्ट्रुमेन्ट कन्सोलकाे फिचर दिइएको छ। ३३० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको यी मोटरसाइकलकाे अगाडिको टायर २१ इन्च र पछाडिको १८ इन्च रहेकाे छ दुबै चक्कामा डिस्क ब्रेकिङ सिस्टम समावेश गरिएकाे छ।
कम्पनीले एचजे २५० को मूल्य ६ लाख १० हजार रुपैयाँ निर्धारण गरेर बुकिङ लिइरहेको छ। त्यस्तै जिआर७ भने डर्ट र मोटार्ड (Dirt and Motard) गरि दुई भरिएन्टमा उपलब्ध रहेकाे छ। कम्पनीले डर्ट भरिएन्टको मूल्य ५ लाख २७ हजार ताेकेर बुकिङ लिइरहेको छ भने मोटार्ड भरिएन्टकाे मूल्य ५ लाख ३७ हजार रुपैयाँ ताेकेकाे छ।