सर्लाही– सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि स्थिती तनावग्रस्त बनेको छ। उनीहरुलाई रोक्न सशस्त्र प्रहरीले १५ राउन्ड गोली चलाएको छ। सो घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा भारतको प्रिपा प्रसाइन जानकीनगरका २७ वर्षीय विकेश कुमार रहेका छन्। त्यस्तै झडपमा सशस्त्र प्रहरीतर्फ तीन जना र भारतीय नागरिक दुई जना घाइते भएका छन्।
शुक्रबार बिहान नेपाल-भारत सीमा क्षेत्र नारायणपुर नाकाबाट नेपाल भित्रिन खोजेकाले ड्यूटीमा रहेका सशस्त्रका जवानको हतियार खोसेपछि झडप भएकाे र त्यसलाई नियन्त्रण गर्न गाेली चलाइएको सशस्त्र प्रहरी बल सर्लाहीका एसपी गंगाराम श्रेष्ठले जानकारी दिए।