काठमाडाैं- कान्ति बाल अस्पतालकाे टिकट अब अनलाइनबाटै लिन सकिने भएको छ। अस्पतालले एक विज्ञप्ती जारी गर्दै अनलाइनमार्फत टिकट लिने व्यवस्था सुरु गरेको जानकारी दिएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार याे सेवाको शुभारम्भ गरेका हुन्। घण्टाै लाइन लागेर ओपीडी टिकट लिनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले अस्पतालले आफ्नै मोबाइल एप सार्वजनिक गर्दै अनलाइन टिकेटिङ सेवा सुरुवात गरेको हो।
यसका लागि अस्पतालले 'कान्ति चिल्ड्रेन्स हस्पिटल' (Kanti Childresn's Hospital' नामक मोबाइल एप उपलब्ध गराएकाे छ। सेवाग्राहीले यसलाइ गूगल प्ले स्टाेरबाट आफ्नाे मोबाइलमा डाउनलोड गरेर प्रयाेग गर्न सक्ने छन्।
यस बाहेक सेवाग्राहीले एप्पलको आईओएस तथा अस्पतालकाे वेबसाइट (www.kntichildrenhosputal.gov.np) मार्फत पनि याे सेवा लिन सकिने जनाएकाे छ। यद्पी हालको लागि भने याे एप्स एन्ड्रोइडकाे लागि मात्र उपलब्ध रहेकाे छ। तर आईओएसका लागि पनि छिट्टै उपलब्ध गराइने अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।
अस्पतालको ओपीडी टिकट दर ५० रुपैयाँ रहेकोमा अनलाइन दर्ता शुल्क वापत सुरुमा थप ३० रुपैयाँ तिर्नुपर्नेछ। यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
यसरि अनलाइनबाट टिकट लिसके पछि सेवाग्राहीले अस्पतालको टिकट काउण्टर नजिक रहेको बिरामीको तौल लिने कक्ष (रूम नम्बर ११) मा भुक्तानी रसिद वा मोबाइल स्क्रीन देखाएर टिकट प्रमाणित गर्नुपर्ने जनाएकाे छ। टिकट प्रमाणित भइसके पछि सम्बन्धित शाखाबाट बिहान ९ बजे देखि दिउँसाे १ बजे भित्रमा सेवा लिन सकिने अस्पताले जानकारी दिएकाे छ।
अस्पतालले उपलब्ध गराएकाे माेबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहाेस्।