काठमाडाैं– समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो छिमेकी राष्ट्रसँग जती राम्रो सम्बन्ध राख्न सक्यो त्यती नै सुरक्षा र हित हुने बताएका छन्। प्रतिनिधिसभा संसद बैठकमा शनिबार पृथ्वीनारायण शाहले बाटो देखाका भन्दै उनले राम्रो सम्बन्ध राख्नुपर्ने बताए।
उनले कुशल वार्ताद्वारा समस्या हल गर्नु पर्ने बताए। आन्तरिक राट्रियता बलियो बनाउ भन्दै आग्रह गरेका छन्।
साथै उनले नक्सामा भएको चुच्चो कस्को पालोमा गयो कस्को पालोमा थियो भन्ने कुरा सदनमा ल्याउनुपर्ने बताए । उनले भने ‘नेपालको नक्सा चुच्चे विगतमा थियो। तर किन गायव भयो?’, उनले मूल पार्टीहरुलाई प्रश्न गर्दै भने, ‘किन चुच्चे नक्सा हट्यो, सदनलाई जानकारी हुनुपर्छ कि पर्दैन?’
साथै उनले संशोधन प्रस्ताव सदनमा मतदान हुने बेलामा प्रमाण खोज्न विज्ञ समिति बनेकोप्रति आपत्ति जनाए। विज्ञ समूहमा मधेसी नागरिक नपरेकोप्रति विरोध जनाए।