एजेन्सी– गत फेब्रुवारीकाे दाेस्राे साता सामसङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी एस सिरिज अन्तर्गतका स्मार्टफोनहरु सार्वजनिक गरेको थियाे। कम्पनीले अमेरिकाको सानफ्रान्सिस्को सहरमा आयोजित ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’ मा ग्यालेक्सी एस २०, ग्यालेक्सी एस २० प्लस र एस २० अल्ट्रा गरि तिन वटा स्मार्टफोनहरु लन्च गरेको हो।
यी तिन स्मार्टफोनहरु मध्ये ग्यालेक्सी एस २० र ग्यालेक्सी एस २० प्लस यसअघि नै नेपालमा लन्च भइसकेको छ। सामसङ नेपालले गत मार्च महिनामा यी स्मार्टफोनहरू नेपाली बजारमा लन्च गरेकाे थियाे। यी दुई स्मार्टफोनहरू सर्वाधिक बिक्री भए पछि सामसङ नेपालले अब भने एस सिरिजकै उत्कृष्ट स्मार्टफोन सामसङ ग्यालेक्सी एस २० अल्ट्रा लन्च गर्ने भएकाे छ। यो फोन आउँदो मंगलबार वा बुधबार सार्वजनिक हुने अनुमान गरिएकाे छ।
कम्पनीको अनुसार यी स्मार्टफोनमध्ये ग्यालेक्सी एस २० अल्ट्रा यो सिरिजकै सबैभन्दा प्रिमियम स्मार्टफोन मानिएको छ। जसमा ६.९ इञ्चको क्वाड एचडी डाइनामिक एमोलेड डिस्प्ले रहेको छ। १ सय २० हर्ज रिफ्रेश रेट रहेको एस२० अल्ट्रा, एचडीआर १० प्लस सर्टिफाइड रहेको छ। यो फोन १२ जीबी र १६ जीबी र्याम गरि दुई भेरिएन्टमा उपलब्ध रहेकाे छ। त्यस्तै १२८, २५६ र ५१२ जीबी स्टोरेज भेरिएन्टमा रहेको यो स्मार्टफोनको मेमोरीलाई माइक्रो एसडी कार्डमार्फत एक टीबीसम्म बढाउन सकिन्छ।
१ सय ८ मेगापिक्सेलको प्राइमरी सेन्सरका साथ ४८ मेगापिक्सलको टेलिफोटो लेन्स, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड एंगल लेन्स र डेप्थ सेन्सर सहितको क्यामरा रहेको याे फोनमा सेल्फीका लागि ४० मेगापिक्सलको क्यामरा रहेको छ। यसमा ५००० एमएएच क्षमताको ब्याट्रीकाे साथमा ४५ वाटको फास्ट चार्जिङ सिस्टम समावेश रहेकाे छ।
मूल्य
अमेरिकामा लन्च भएकाे याे स्मार्टफाेनकाे सुरुवाती मूल्य कम्पनीले १ हजार ३ सय ९९ डलर ताेकेकाे थियाे। जसलाई नेपाली मूल्यमा रुपान्तरण गर्दा लगभग १ लाख ६९ हजार ५ सय रुपैयाँ पर्न आउँछ। तर नेपाली बजारमा यो स्मार्टफाेनकाे मूल्य कति पर्छ भन्ने जानकारी अहिल्यै उपलब्ध भइसकेकाे छैन्।