काठमाडाैं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे छलफल गर्न आज (आइतबार) सचिवालय समितीको बैठक बोलाएको छ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटरमा आज अपराह्र ४ बजे बस्ने बैठकमा एमसिसी कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ।
एमसीसीबारे अध्ययन गर्न नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्थायी समिति सदस्य भीम रावलका साथै अर्थमन्त्री डा. युवराज खतिवडा समेत राखेर कार्यदल बनाएको छ।
यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडा उपिस्थित थिए।