साउदी अरबको दमामबाट नेपालीको उद्वार गर्न सोमबारका लागि तय भएको चार्टर्ड उडान स्थगित भएको हिमालय एयरलाइन्सकाे पहिलो उद्वार उडान स्थगित भएकाे छ ।
उडान स्थगितको कारण खुलाईएको छैन । साउदीस्थित नेपाली दूतावासका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि उडान रोकिएको हो ।
सरकारले शनिबार मात्रै यसअघि कायम भएको उद्वार उडानको भाडा बढी भएको भन्दै भाडादर घटाएको थियो । साउदीबाट जुन १८ मा नेपाल एयरलाइन्सले उडान गर्दैछ ।