एजेन्सी - कोरोना भाइरस ‘कोभिड १९’ महामारीबीच चिलीका स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य मन्त्री खाएमे-मान्यालिचले पदबाट राजीनमा दिएको त्यहाँका राष्ट्रपति सेबेस्टियन पिनयेराले घोषणा गरेकाे बीबीसीले जनाएको छ ।
स्वास्थ्यमन्त्रीले कोरोना नियन्त्रण गर्न भूमिका खेल्न नसकेको भन्दै विपक्षी राजनीतिक दलहरुले यस अघि नै स्वास्थ्य मन्त्रीको राजीनामा माग गर्दै आएका थिए । स्वास्थ्यमन्त्रीले राजीनमा दिएपछि पनि मान्यालिचले राजीनामा गर्न ढिलो गरेको आरोप लगाएका छन्।
नयाँ स्वास्थ्यमन्त्रीको रुपमा अहिले एनरिक पेरीलाई नियुक्त गरिएको छ। उनले सबै मानिसको कुरा सुनेर स्वास्थ्य प्रणालीलाई मजबुत बनाउने वाचा गरेका छन्।
चिलीमा हालसम्म ३ हजारभन्दा बढीको कोरोनाको कारण मृत्यु भएको छ। त्यहाँ १ लाख ६७ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ।