काठमाडौं - नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष रामकुमार शर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। शर्मा गाउँपालिकाबाट जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन परासीतर्फ जाँदै थिए।
गाउँपालिकाकाको लु. १ झ ३७० नम्बरको सवारी बर्दघाटमा दुर्घटना भएको थियो। दुर्घटनामा सवारी चालक प्रतापपुर-५ का हरिलाल राजभर घाइते भएका छन्।
दुर्घटनामा परी घाइते भएका अध्यक्ष शर्मालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी अजय केसीले बताए।