काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको पुष्टि गरे। प्रवक्ता डा गौतमले आज थपिएका संक्रमितमा ३ सय ७५ जना पुरुष र ५० जना महिला रहेको बताए । यस्तै कुल संक्रमित मध्ये ५ हजार ३ सय २४जना पुरुष र ४ सय ३६ जना महिला छन्।
नेपालमा हालसम्म ९ सय ७४ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार अाज डिस्चार्ज हुनेमा ५५ जना पुरूष र ६ जना महिला रहेका छन् भने कुल निको भएर घर फर्किनेमा ८ सय ७७ जनापुरुष र ९७ जना महिला रहेका छन् ।
हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भएको छ । यस्तै अाज रूकुमपुर्व थप भइ ७३ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ ।