काठमाडौं- नेपालमा आइतबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझ आइसोलेसनमा रहेका धुर्कोट गाउँपालिका वडा नम्वर ४ का ३६ वर्षीय पुरुषको काेराेनाका कारण मृत्यु भएको बताएकाे छ । उनको राति उपचारको क्रममा रेसुङ्गा नगरापलिका वडा नम्वर ९ स्थित आइसोलेसनमा मृत्यु भएको थियाे ।
उनी भारतबाट आएपछि क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिएको थियो। बिरामी समेत रहेका उनलाई कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखिएको थियो।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने १६ पुरुष र ३ महिला सहित १९ जना रहेका छन् ।