काठमाडाैं - नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको पुष्टि गरे। प्रवक्ता डा गौतमले आज थपिएका संक्रमितमा ४ सय १६ जना पुरुष र ३५ जना महिला रहेको बताए । यस्तै कुल संक्रमित मध्ये ५ हजार ७ सय ४० जना पुरुष र ४ सय ७१ जना महिला छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २२, पर्साका १०, रौतहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका ३, डोटीका ४, बाँकेका ५, बर्दियाका १६,प्युठानका ३, दैलेखका ९३, महोत्तरीका ३०, धनुषाका ४, नुवाकोटका ३, अर्घाखाँचीका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, झापाका १, सुर्खेतका १९,रोल्पाका ४, काठमाडौँका ४, दाङका ४३, धादिङका ९, ललितपुरका १, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिराहाका ४ जना संक्रमित थपिएका हुन्।
नेपालमा हालसम्म १ हजार ४१ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार अाज डिस्चार्ज हुनेमा ७ जना महिला र ६० जना पुरूष रहेका छन् भने कुल निको भएर घर फर्किनेमा ९ सय ३७ जना पुरुष र १ सय ४ जना महिला रहेका छन् । मन्त्रालयका अनुसार सोमबार (अाज) हालसम्मकै सबैभन्दा भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टी भएको हो। हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भएको छ । यस्तै ७३ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ ।