काठमाडाैं - स्वास्थ्यमा समस्या आएपछि दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन अस्पताल भर्ना भएका छन् । उच्च ज्वरोसँगै स्वास फेर्न समस्या भएपछि उनलाई राजीव गान्धी सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ । उनको कोरोना संक्रमण परीक्षण गर्ने तयारी भइरहेको छ ।
यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सत्येन्द्र जैनको स्वास्थ्यबारे ट्वीट गरेका छन् ।उनले ट्विट मार्फत भनेका छन् , ‘आफ्नो स्वास्थ्यको ख्याल नगरी तपाईँ रात दिन चौबिसै घण्टा जनताको सेवामा लागिरहनु भयो, स्वास्थ्य लाभको कामना ।’