काठमाडाैं –बिदेशमा रहेका नेपालिकाे उद्वार कार्य सुरू भएकाे बेला माल्दिभ्स र श्रीलंका १५४ नेपाली आज नेपाल फर्कदैँ छन् ।माल्दिभ्समा समस्यामा परेका १४९ र श्रीलंकामा समस्या रहेका ५ जना गरी १५४ जना हिमालय एअरलाइन्समार्फत फर्कने भएका हुन्।
नेपालबाट ३९ जना श्रीलंकन र २ जना नेपाली लिएर हिमालय-एअरलाइन्स कोलम्बो उडिसकेको छ । कोलम्बोबाट माल्दिभ्सको माले जाने र त्यहाँ रहेका नेपालीलाई लिएर बेलुका मात्रै काठमाण्डौ आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।
अहिलेसम्म मलेसियाबाट १ जना, म्यानमारबाट २६ जना, यूएईबाट १६९ जना, जापानबाट ७ जना , अस्टे्रलियाबाट ११ जना फर्किएका छन् । यस्तै कुवेतबाट २ वटा फ्लाईट मार्फत १५० र १४९ गरेर २९९ जना, जापानबाट ६ जना, अफगानिस्थानबाट १८ जना र बंगलादेशबाट १५८ जना स्वदेश फर्किएका छन् । हिजो असार १ गते ओमानबाट १६६ नेपालीहरु स्वदेश फर्किसकेका छन् ।