भारत र चीनका सेनाबिच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकरहेको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसी हिन्दीले भारत सरकारले लद्दाखस्थित सीमा क्षेत्रमा झडप भएको जनाएको खबर छापेको छ। सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन्।
लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ । जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो । त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन ।
कम्तिमा पछिल्लो ४५ वर्षमा भारत–चीन सीमा विवादलाई लिएर भएको भिडन्तमा पहिलोपटक मानवीय क्षति भएको हो ।