काठमाडाैं - नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको पुष्टि गरे। यस्तै कुल संक्रमित मध्ये ६ हजार ९२ जना पुरुष र ४ सय ९९ जना महिला छन्।
नेपालमा हालसम्म १ हजार १ सय ५८ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा १ सय १७ जना डिस्चार्ज भएका हुन् । मन्त्रालयका अनुसार अाज डिस्चार्ज हुनेमा ८ जना महिला र १ सय ९ जना पुरूष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थपिएका कोरोना संक्रमितमध्ये झापाका १, पाँचथरका १, सुनसरीका २, सिराहाका २, रौतहटका ५२, महोत्तरीका ८९, पर्साका २, गोर्खाका १०, नवलपरासीका ३, बागलुङका १, तनहुँका २, कास्कीका ३, स्याङजाका ४, अछामका १ र बैतडीका २१ जना रहेका छन्। यस्तै डोटीका २०, कञ्चनपुरका ११, कैलालीका १५, बाँकेका १, बर्दियाका ९, सप्तरीका ३, अर्घाखाँचीका ९, रुपन्देहीका ४, दैलेखका ५, सुर्खेतका ४, धनुषाका २१, रामेछापका २१, सल्यानका १, दाङका ५७, काठमाडौँका १, मोरङका १, रोल्पाका १ र सर्लाहीका १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।