काठमाडौं- मंगलबार स्थिर रहेको सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (अाज )बुधबार छापावाल सुन प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । जुन अहिलेसम्मकै सर्वाधिक हो।
यसअघि गत सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँ कायम थियो। त्यस्तै तेजावी सुन प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार ३ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेर ९ सय ३० कायम भएको छ।