काठमाडाैं - पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। याे सँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेकाे छ। अाज भेटिएका संक्रमितहरूमा ३ सय ३८ जना पुरूष छन् भने ८८ जना महिला रहेका छन् । कुल संक्रमित मध्ये २२ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गाैँतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। जसमा २ सय ६७ पुरुष र ११ जना महिला रहेका छन्।
यस्तै पछिल्लो बिवरणअनुसार थप २ सय १६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। अाज डिस्चार्ज हुनेमा २ सय ७ जना पुरूष छन् भने ९ जना महिला छन् । यससँगै कोरोनाभाइरस संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेका संख्या १ हजार ४ सय २ जना पुगेको छ। यस्तै ७४ वटा जिल्लामा संक्रमण फैलिसकेकाे मन्त्रालयले जनाएकाे छ। कुल संक्रमित मध्ये ७ हजार ५ सय ६७ जना पुरुष छन् भने ७ सय ७ महिला छन्।
मन्त्रालयका अनुसार ५ सय ३ जना रेड जाेनमा परेका छन् । यस्तै १ लाख ९ हजार ४६१ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ६हजार ८५० जना रहेका छन्।