अफगानिस्तानको सरकारी फौजले बिहीबार राति गरेको सैन्य कारबाहीमा कम्तीमा १७ जना तालिबानी लडाकाको मृत्यु भएकाे छ। साथै २० जना घाइते भएका छन्।
अफगान रक्षा मन्त्रालयकाे अनुसार पाक्तिया प्रान्तको सरोजाई जिल्लामा गरिएको कारबाहीमा ती लडाका मारिएका हुन्। उक्त आक्रमणका क्रममा सरकारी सेनातर्फ दुई जना सैनिक जवान घाइते भएका छन् भने अफगानिस्तानका एक सैनिक जवानको पनि मृत्यु भएको छ।
अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी भइरहे पनि दुबै पक्षबाट एकअर्का विरुद्ध घातक आक्रमण हुनेक्रम रोकिएको छैन।