सरकारले बैदेशिक अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुको लागि बाटो खुला गरेको छ। कोभिड-१९ महामारी शुरु भएसँगै बन्द भएको बैदेशिक अध्ययनको बाटो खुल्ने भएको हो।
बैदेशिक अध्ययनका लागि आवश्यक पर्ने एनओसी सर्टिफिकेट दिने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ। यद्धपि अध्ययनका लागि जाने विद्यार्थीहरुले कोभिड–१९ परीक्षण, जनस्वास्थ्यसम्बन्धी प्रोटोकल पालना अनिवार्य रुपमा गर्नुपर्नेछ।
शैक्षिक परामर्श व्यवसायीहरुको विभिन्न छाता संगठनको आग्रहपछि सरकारले यस्तो निर्णय गरेको हो। एनओसि नखुल्दा व्यवसाय नै धरापमा पर्ने भन्दै उनिहरुले शिक्षा मन्त्रालयमा पहल गर्दै आएका थिए।