कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले वैदेशिक रोजागारी खुला गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जान चाहनेहरुको लागि खुला गरेको हो।
श्रम तथा रोजगार मन्त्रालयले गरेको सिफारिसदाई अनुमोदन गर्दै यस्तो निर्णय गरिएको हो। यसका लागि कोभिड९१९ महामारी सम्बन्धी सावधानी भने अपनाउनुपर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्।