काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। बैठकले विदेशी बुहारीलाई सात वर्ष पछाडि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ। जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले खुलमखुला संसदमा भारतको पक्षपोषण गर्दै अभिव्यक्ति दिन थालेपछि सत्तारुढ नेकपाले यस्तो निर्णय गरेको हो ।
यस्तै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठनेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो देशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक नागरिकता पाउनु उपयुक्त रहने बताए ।
लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको सो विधेयकबारे समितिमा सहमति जुट्न नसकेका स्थितिमा नेकपाले आफ्नो धारणा स्पष्ट गरेको हो । समितिमा उक्त प्रावधान राख्न प्रस्ताव आएकामा विपक्षी दलले त्यति लामो अवधि राख्न नहुने बताउँदै आएका छन् ।