काठमाडाैं - बिदेशमा रहेका नेपालिहरूकाे उद्वार कार्य जारि रहेकै बेला आज सोमबार ७ सय नेपाली स्वदेश फर्किने भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार विभिन्न ५ देशबाट झण्डै ७ सय नेपाली स्वदेश फर्किने भएका हुन् ।
आज हिमालयन एयरलाइन्सले पाकिस्तानबाट ७५ जना र माल्दिभ्सबाट १ सय ५६ जना ल्याउने तय भएको छ भने नेपाल एयरलाइन्सले बहराइनबाट १ सय ५० जना ल्याउने, एयर अरेबियाले यूएईबाट १ सय ५० र जजिरा एयरले कुवेतबाट १ सय ५० जना ल्याउने तयारी छ।
सरकारले जेठ २१ गतेदेखि देशमा अलपत्र नागरिकलाई स्वदेश ल्याउने निर्णय गरेको हो। योसँगै झण्डै साढे ५ हजार नेपाली स्वदेश फर्किसकेका छन्।