१.आज मात्रै थपिए ५ सय ३८ जना नयाँ संक्रमित, कुल संक्रमितको संख्या १० हजार नाघ्यो
नेपालमा मंगलबार थप ५ सय ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ५ सय ३८ जना संक्रमित थपिएकाे बताए । अाज थपिएकाहरूमा ४ सय ४८जना पुरुष र ९० जना महिला महिला छन् ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
२.नागरिकता : नेपालले स्वतन्त्र निर्णय गर्दा किन गलत प्रचार ?
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अङ्गीकृत नागरिकता विषयमा गरेको निर्णयका विषयलाई लिएर भइरहेको गलत प्रचारलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले आज राष्ट्रियसभाको बैकठमा आपत्ति प्रकट गरेका छन् ।
३.कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या २४ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा काेराेना भाइरसकाे कारण थप एक जनाको मृत्यु भएको छ। याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २४ पुगेकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता . डा. जागेश्वर गौतमले थप एककाे मृत्यु भएको पुष्टि गरे। प्रवक्ता गौतमका अनुसार दैलेख जील्लाकाे दुल्लु नगरपालीका घर भएका ४५ वर्षिय पुरूषकाे कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
४.अङ्गीकृत नागरिकता सम्बन्धी निर्णय पुनःविचार गर्न माग
राष्ट्रियसभाका सांसदहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक र राज्य व्यवस्था तथा सुशासन समितिले अङ्गीकृत नागरिकता सम्बन्धमा गरेको निर्यणप्रति असहमति जनाउँदै पुनःविचार गर्न आग्रह गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले वैवाहिक अङ्गीकृत नागरिकता सम्बन्धमा नेकपा सचिवालयले गरेको निर्णयको असर राज्य व्यवस्था समितिमा परेको र उक्त निर्णय अदूरदर्शी र अपरिपक्व भएको टिप्पणी गरे ।
५.नेकपा स्थायी कमिटी बैठक बुधबार बस्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
६.सुनको मूल्य घट्यो, कतीमा हुदैँछ काराेबार
मंगलबार(आज) नेपाली बजारमा सुनको मूल्य चार सयले घटेको छ । सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन आज ४ सय रुपैयाँले घटेर ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
७.नेपाली बजारमा सामसङ ग्यालेक्सी एम३१ र एम२१ को मूल्य कति ?
सामसङले गत जेष्ठ महिनाकाे अन्तिम साता आफ्नो ग्यालेक्सी ‘एम’ सिरिज अन्तर्गतका ग्यालेक्सी एम थर्टिवान (Galaxy M31) र ग्यालेक्सी एम ट्वान्टिवान (Galaxy M21) नाम दिइएकाे दुई नयाँ स्मार्टफोनहरु नेपाली बजारमा सार्वजनिक गरेको थियाे। मिडरेन्ज अन्तर्गतका यी स्मार्टफोनहरु एक अर्कासँग धेरै मिल्दाेजुल्दाे रहेका छन्। हेर्दा उस्तै नै देखिने यी दुबै स्मार्टफोनहरुकाे आन्तरिक डिजाइन पनि प्राय एउटै रहेकाे छ।
८.जिनएयरले ३० जुनमा पहिलोपटक काठमाडौँमा उडान गर्ने तयारी
दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौँमा उडान भर्ने भएको छ । इन्छन–काठमाडौँ–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ । जिनएयरको चार्टर्ड उडानका लागि सउलस्थित नेपाली राजदूतावासमार्फत उडान स्वीकृति प्रक्रिया नेपालको परराष्ट्र मन्त्रालयमा पुगिसकेको बताइएको छ ।
९.कोरोना भाइरसबाट विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु , ९१ लाख ९४ हजारभन्दा बढी सङ्क्रमित
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
१०.अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धार उडान
मुलुकको एक मात्र त्रिभुवन-अन्तर्राष्ट्रिय-विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार उडान गर्दैछन् । जजीरा, कतार, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्ड उडान गर्ने जनाइएको छ । अष्ट्रेलिया, कतार, कुवेतलगायत मुलुकबाट आज पनि नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कदैछन् ।
११. ‘पर्यटकीय क्षेत्र कब्जा गर्न भारतद्वारा सीमा अतिक्रमण’
पाचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निस्कर्ष निकालेको छ । नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको उक्त स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले उक्त स्थानलाई आफ्नोतर्फ पारेर लाभ लिने मनसायले भारतीय पक्षले कब्जाको प्रयास गरेको टोलीको निस्कर्ष छ ।