काठमाडाैं - सरकारले चीनसँग कुनैपनि सीमा विवाद नरहेको बताएकाे छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै चीनले सीमा अतिक्रमण गरेको कुरामा सत्यता नभएको बताएको हो।
चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरि त्यसकाे खण्डन गरेकाे हाे ।
भारतले लिम्पियाधुरासहितको भूभाग अतिक्रमण गरेको विषयमा नेपालमा चर्चा र विरोध भइरहेका बेला चीनले पनि सीमा अतिक्रमण गरेको भन्दै विवाद सिर्जना भएको थियो।
मन्त्रालयले सन् १९६१ मै नेपाल र चीनबीच सीमा विवाद हल भइसकेको उल्लेख गर्दै गलत विवरणको पछि नलाग्न सञ्चार माध्यमलाई आग्रह गरेको छ।