मोरङ– मोरङमा स्कारपिओको ठक्करबाट तीनजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी खण्डमा बिहीबार राति करिब साढे ८ बजे दुर्घटना हुँदा एक महिला र दुईजना पुरुषको मृत्यु भएको हो ।
झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा१४च ९६४३ नम्बरको स्कारपिओले महिलालाई ठक्कर दिएको हो । त्यसपछि सोही गाडीले अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे१०प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि स्कोरपिओका चालक र स्कोरपिओ प्रहरी नियन्त्रणमा छन्।