काठमाडौं- बुधबारदेखि सुरु भएकाे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दैछ।
बैठकप्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे सुरु हुने छ । बुधबारको बैठकमा एजेन्डा तय गरिनुका साथै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरेपछि बैठक स्थगित भएको थियो ।
बुधबारको बैठकले सातवटा एजेण्डा तय गरेको थियो । जसमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्ध सरकारले गरेका काम कारबाही, नेपालको सीमा समस्या र समाधानका लागि भएको प्रयास, सरकारको कामको समग्र समीक्षा, पार्टी एकताको बाँकी, एमसिसी, रूकुम घटना, नागरिकता विधेयक र सांसदको बैठक भत्ताबारे छलफल हुनेछ।
यसअघि नेकपाको स्थायी समिति बैठक गत पुस पहिलो हप्ता सबेको थियो। एमसिसीबारे निर्णय गर्न वैशाख २५ गते बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित गरिएको थियो।