१. पछिल्लो २४ घण्टामा थपिए ५ सय ९३ जना नयाँ संक्रमित, संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो
नेपालमा शुक्रबार थप ५ सय ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका २२ वटा प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ५ सय ९३ जना संक्रमित थपिएकाे बताए । आज थपिएकाहरूमा ४ सय ८६ जना पुरुष र १ सय ७ जना महिला महिला छन् ।
२. नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७ पुग्यो
नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दाङमा अचेत अवस्थामा भेटिएकी महिलामा कोरोना पुष्टि भएको छ ।
३. भारतमा एकैदिन १७ हजार सङ्क्रमित, अहिलेसम्मकै उच्च
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको देखाएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २ सय ९६ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा कोरोनाबाट कुल सङ्क्रमितको संख्या चार लाख ९० हजार ४०१ पुगेको छ ।
४. कोरोना भाइरसबाट विश्वमा ४ लाख ९१ हजार भन्दा बढीको मृत्यु
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ९१ हजार ९०१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९७ लाख १७ हजार ५३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
५. नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो
पालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसंख्या तीन करोड नाघेको हो । तथ्याङ्क विभागको पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या तीन करोड ६३४ पुगेको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ५४ हजार पाँच सय चार थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।
६. सीमा विवादबारे छलफल गरेर सकियो नेकपा स्थायी कमिटी बैठक , अर्काे बैठक भोलि बस्ने
प्रधानमन्त्री निवास बालुवाटरमा जारी सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आजका लागि सकिएको छ। अर्काे बैठक भोलि बिहान ११ बजे बस्ने प्रधानमन्त्रिका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। उनका अनुसार आज दोस्रो दिनको बैठकमा १८ जना सदस्यहरूले नेपालको सीमा समस्या र समाधानका बारेमा आआफ्नो धारणा राखेका छन् ।
७. हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने सडक बन्द
हेटौँडा कुलेखानी हँुदै काठमाडाैं जाने सडकको यातायात आवागमन बन्द गरिएको छ । वाग्मती प्रदेश, भौतिक योजना तथा निर्माण मन्त्रालयले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म सो सडकखण्डमा बन्द भएको जनाएको छ । हाल सो सडक खण्डको भीमफेदीदेखि कुलेखानीसम्म विस्तार तथा स्तरोन्नतिका काम जारी रहेको छ । मन्त्रालयले त्रिभुवन राजपथ र नौबिस मुग्लिन राजमार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ ।
८. हेल्मेटको आडमा कपडाको तस्करी
हेलमेट लोड गरिएको ट्रकमा लुकाईछिपाई नेपाल भित्र्याइएको अवैध कपडा राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ। भैरहवा नाका हुँदै नेपाल भित्रिएको यूपी ७८ सिएन ३४६५ नम्बरको भारतिय ट्रकमा ‘फल्स बक्स’ बनाई अवैध रुपमा नेपाल भित्र्याइएको ६० बोरा कुर्ता सुरवाल र साडि राजश्व अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको हो।
९.बिहारमा चट्याङ् लागेर मृत्यु हुनेको संख्या ९२ पुग्यो
भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् । हिजो मात्र यसबाट ८३ जनाको ज्यान गएको बताइएको थियो । शुक्रबार बिहानसम्म यो संख्या ९२ पुगेको बिहारको विपद व्यवस्थापन केन्द्रले जानकारी दिएको हो । भारतीय सञ्चार मध्यमहरुका अनुसार बिहार राज्यका २१ जिल्लामा बिहीबार साँझदेखि रातिसम्म चट्याङ परेको थियो ।
१०. अमेरिकामा दुई करोड सङ्क्रमित भएको अनुमान, अझ सतर्कताका लागि आह्वान
अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको हुनसक्ने सरकारी स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका हुन् । स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमित भइसकेको हुनसक्ने अनुमान गरेका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्रले सङ्क्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी हुनसक्ने पनि जनाएको छ ।