काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बसेको सातारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठकमा केहीबेर उपस्थित भएर बाहिरिएका छन् । हिजो (शुक्रबार) दाेस्राे दिनकाे बैठकमा उनी उपस्थित भएका थिएनन्।
हिजाे प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा उनी उपस्थित नभएपछि चैतर्फी आलाेचना भइरहेकाे बेला आज साढे ११ बजेबाट सुरू भएकाे बैठकमा उनी करिब ३० मिनेटकाे लागि उपस्थित भए ।
नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बुधबारदेखि सुरु भएको छ । पहिलाे दिन बैठकलाई नेकपाका अध्यक्ष ओलीले सम्वाेधन गरे भने दोस्रो बैठकमा सहभागी भएनन् । आज तेस्राे दिन उनी अर्का अध्यक्ष पुष्पमकल दाहाल (प्रचण्ड)काे सहभागी हुँदा आफ्नाे आवश्यक नरहेकाे र अन्य थुर्पै काम गर्न बाँकी रहेकाे भन्दै बाहिरिएका हुन्।