काठमाडाैं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंगलबारसम्म स्थगित गरिएको छ। आइतबार मदन स्मृति दिवस र सोमबार धान दिवस परेकाले मंगलबारसम्म बैठक स्थगित गरिएको प्रधानमन्त्रि प्रेस सल्लाहकार सुर्य थापाले जानकारि दिए ।
बुधबार देखि शुरु भएको बैठकमा शनिबार २१ जनाले आफ्नो धारणा राखेका छन्। आजकाे बैठकमा हिजाेदेखि जारी नेपालकाे सीमा समस्या र समाधानका बारेमा कमरेडहरू देवेन्द्र पाैडेल, रघुबीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पाेखरेल, टाेपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गाैतम, याेगेश भट्टराई, पृथ्वीसुब्बा गुरूङ, ईश्वर पाेखरेल, विष्णुपुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा. पुष्प कँडेलले आआफ्ना विचार राखेका थिए ।
शनिबार बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर मात्रै बैठकमा बसेर निस्केका थिए। प्रधानमन्त्रीले स्वास्थ्यस्थिति त्यति अनुकूल नभएको जानकारी दिएर निस्केका थिए । असार १६ गतेकाे बैठकमा भने सीमाबारे केहीबेर छलफल गर्ने र कोरोनालगायत एजेन्डामाथि छलफल हुनेछ ।