काठमाडौं - साताको पहिलो दिन आइतबार आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य हालसम्मकै उच्च रहेकाे जनाएकाे छ ।
शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको हो। यसअघि असार ११ गते सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको रेकर्ड बनेको थियो ।
यसैगरी तेजावी सुन आइतबार ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएपनि पनि महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।