काठमाडौं– जिल्ला-प्रशासन-कार्यालय काठमाडौंले उपत्यका बाहिर जान लिनुपर्ने सवारी पासका लागि दिइने निवेदनको ढाचा सार्वजनिक गरेको छ। अबदेखि यहीँ ढाँचाअनुसार निवेदन दिइए मात्र सवारी पास पाउने बताएको छ।
ढाँचामा नाम, उमेर, लिङग, स्थायी ठेगाना र सम्पर्क नम्बर लेख्नुपर्नेछ। त्यस्तै जाने स्थान, जाने मिति, सवारी साधनको किसिम, नं, सवारी धनीको नाम, चालकको नाम पनि उल्लेख गर्नुपर्नेछ। निवेदनमा हुलाक टिकट टाँस्नु नपर्ने कार्यालयले जनाएको छ। सेवाग्राही आफैंले प्रिन्ट गरी निवेदनसहित दिनुपर्नेछ।
उक्त ढाँचा कुनै स्टेशनरी पसलबाट प्रिन्ट गरी बेच्नु परेमा ५ रूपैंयाँभन्दा बढी नलिन पनि कार्यालयले आग्रह गरेको छ। लिएको पाइएमा कारवाही गरिनेसमेत चेतावनी दिएको छ। निवेदनका साथमा जानु पर्ने स्थानीय तहको सिफारिश वा यात्रा प्रयोजन खुल्ने कागजातको फोटोकपीसमेत राख्नुपर्ने कार्यालयले जनाएको छ।
सवारी पासको लागि आवेदनको ढाँचा