काठमाडौं - नेपालमा आईतबार थप ४ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ४ सय ६३ जना संक्रमित थपिएकाे बताए । आज थपिएकाहरूमा ३ सय ५८ जना पुरुष र १ सय ५ जना महिला रहेका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । कुल संक्रमितहरूमा १ हजार ४ सय ७४ जना महिला छन् भने ११ हजार २ सय ९८ जना पुरूष रहेका छन् ।
कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ३ हजार १३ रहेको छ । त्यसमा २ सय ५५ महिला र २ हजार ७ सय ५८ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै १३ महिला र १ सय ६६ पुरुष गरी १ सय ७९ जना डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ। यस्तै ५ सय १४ जना रेड जाेनमा परेका छन् ।
नेपालमा हालसम्म ६१ हजार ७ सय ३१ जना क्वारेनटाइनमा रहेका छन् भने ९ हजार ७ सय ३१ जना अाइशुलेसनामा रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या २८ पुगेको छ ।