काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक स्थगित भएको छ । कांग्रेस सांसद ज्ञानकुमारी छन्तयालको निधन भएकोमा संसदमा शोक प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको र त्यसैमा सहभागी हुन स्थायी कमिटी बैठक स्थगित गरिएको हाे ।
आजकाे बैठकमा मदन जयन्तीका अवसरमा असार १४ गते सम्माननीय प्रधानमन्त्रीले राखेका विचार, सरकार हटाउन भारत सक्रिय रहेकाे, त्यसमा पार्टीका नेताहरूकाे संलग्नता रहेकाे र दुई दिनअघि निर्वाचन आयाेगमा दर्ताकाे लागि आवेदन परेकाे भनिएकाे नेकपा(एमाले) काे सम्बन्धमा छलफल भएकाे थियाे ।
साेहि बिषयमा याेगेश भट्टराई, लीलामणि पाेखरेल,मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र पेशल खतिवडाले आआफ्नो धारणा राखेका थिए । अर्काे बैठक भाेलि असार १८ गते ११ बजे पुन: बस्ने भएकाे छ ।