काठमाडौं - नेपालमा बुधबार थप ४ सय ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ४ सय ८२ जना संक्रमित थपिएकाे बताए । आज थपिएकाहरूमा ३ सय ६५ जना पुरुष र १ सय १७ जना महिला रहेका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ४८ पुगेको छ । कुल संक्रमितहरूमा १ हजार ७ सय ७४ जना महिला छन् भने १२ हजार २ सय ७२ जना पुरूष रहेका छन् ।
यस्तै कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल संख्या ४ हजार ६ सय ५६ रहेको छ । मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामा काेराेना संक्रमण फैलिसकेकाे छ।
नेपालमा हालसम्म ४८ हजार ३ सय ६२ जना क्वारेनटाइनमा रहेका छन् भने ९ हजार ३ सय ६० जना अाइशुलेसनामा रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म काेराेनाबाट कुल मृत्यु हुनेकाे संख्या ३० पुगेको छ ।