काठमाडौं- नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। याे सँगै मृत्यु हुनेकाे सँख्या ३० पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यही असार १४ गते अछामको रामारोशन- ५ मा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।
उनलाई असार १३ गते जिल्लाकै बयलपाटा अस्पताल भर्ना गरिएको थियो। उनी मधुमेका बिरामी थिए । उनको मृत्यु भएको भोलिपल्ट स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।