काठमाडाैं- कोरोनाभाइरसको प्रकोपका कारण नेपालमा चैत दोस्रो सातादेखि सुरु भएको लकडाउन अहिलेसम्म जारी छ । याे विश्वव्यापी महामारीले निम्त्याएको लकडाउनले अर्थतन्त्रमा गम्भीर असर पारिसकेको छ। अन्तर्राष्ट्रिय व्यापार पनि निकै घटेको छ भने अधिकांश व्यापार तथा व्यवसाय अहिले ठप्प छन्। यसले टेक क्षेत्रमा अझै ठूलो प्रभाव पारिरहेको छ। पछिल्लाे केहि बर्षदेखि फस्टाउदै आइरहेकाे यो क्षेत्र कोरोनाभाइरस सङ्क्रमणका कारण गम्भीर जोखिममा परेको छ। स्मार्टफोनको बिक्री अनि आपूर्ति प्रभावित छ।
तर असार १ देखि भने लकडाउनको मोडालिटी परिवर्तन भएर खुकुलो बनाइएको छ। याे सँगै बजारमा चहलपहल पनि सुरु भएको छ। विभिन्न कम्पनीका नयाँ स्मार्टफाेनहरू बजारमा सार्वजनिक हुन थालेका छन्। सामाजिक दुरी कायम गर्दै केही स्मार्टफाेन बिक्रेता कम्पनीहरुले अनलाइन इभेन्टमार्फत नयाँ स्मार्टफाेनहरू लन्च गर्न थालेका छन् भने स्मार्टफाेन किन्ने ग्राहकलाई आकर्षित गर्न नयाँ–नयाँ अफर समेत सुरु गरिरहेका छन्।
यसै क्रममा चिनियाँ टप स्मार्टफोन कम्पनी भीभोले पनि आफ्नो बहुप्रतिक्षित भी सीरीज अन्तर्गतकाे नयाँ स्मार्टफोन लन्च गरेको छ । कम्पनीले भीभो भी १९ (Vivo V19) नाम दिइएकाे नयाँ स्मार्टफाेन बुधबार नेपालमा लन्च गरेको हो । कम्पनीले याे स्मार्टफोन गत फेब्रुअरी को शुरू देखि नै नेपाली बजारमा लन्च गर्ने योजना गरीरहेको थियाे। तर लकडाउनका कारण कम्पनी यसमा सफल हुन सकेकाे थिएन।
भीभो भी १९ काे विशेषता:
१.क्यामरा
कम्पनीले याे स्मार्टफोन खास गरी फोटोग्राफी लभर्सलाई ध्यानमा राखि सुपर नाइट मोड र अल्ट्रा स्टेबल भिडियो सपोर्टिभ ६ वटा क्यामरा सेटअपकाे साथमा लन्च गरेको छ । यसमा क्वाड रियर क्यामरा सेटअप रहेकाे छ, जसमध्ये ४८ मेगापिक्सेलको प्राइमरी सेन्सर, ८ मेगापिक्सेल वाइड-एंगल लेन्स, २ मेगापिक्सेलको म्याक्रो लेन्स र २ मेगापिक्सेलको बोकेह इफेक्ट लेन्स समावेश छ ।
यस बाहेक भीभो भी १९ मा सेल्फीका लागि फ्रन्टमा ड्यूअल क्यामरा सेटअप रहेकाे छ। जसमा एफ २.० अपर्चर ( f/2 aperture) सहितकाे ३२ मेगापिक्सेलको प्राइमरी क्यामरा र एफ २.२८ अपर्चरकाे ८ मेगापिक्सेलको वाइड एंगल क्यामरा रहेकाे छ। याे फाेनबाट कुनै पनि बस्तुको तस्विर स्पष्ट, सफा तथा आकर्षक खिच्न सकिने भने फोनबाट फोरके (4K) सम्मको भिडियो रेकर्डिङ पनि गर्न सकिन्छ। यसमा रहेकाे ८ मेगापिक्सेलकाे अल्ट्रा-वाइड एंगल लेन्सले सहजै रुपमा ठूलो तथा स्पष्ट तस्विरहरु लिन सहयाेग गर्दछ । यसका साथै यसमा भएको नाइट मोडले कम प्रकाश भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटो तथा भिडियो खिच्न सकिने छ ।
२. डिस्प्ले र पर्फमेन्स
यसका साथै भीभो भी १९ मा १०८०x२४०० पिक्सेल रिजोलुशन रहेको ६.४४ इन्च फुल एचडी प्लस सुपर एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ। यसकाे डिस्प्लेमा कलरफुल तथा लो ब्राइटनेस एन्टि-फ्लिकर टेक्नोलोजी जस्ता फिचरहरू पाइन्छ। एन्ड्रोइड १० मा आधारित याे स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ७१२ अक्टाकोर चिपसेट दिईएको छ र याे फोन अन्डर स्क्रीन फिंगरप्रिन्ट सेन्सरसहित आएको छ।
स्टोरेज
भीभो भी १९, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज गरि दुइ भेरिएन्टमा लन्च भएकाे छ। तर नेपालमा भने तत्कालका लागि एउटा मात्र भेरिएन्टमा उपलब्ध रहेकाे छ। कम्पनीले ८ जीबी र्याम+१२८जीबी स्टोरेज भेरिएन्टमा उपलब्ध गराएकाे हाे। याे फाेनकाे स्टोरेज माइक्राे एसडी कार्ड (microSD card) काे माध्यमबाट बढान सकिने कम्पनीले बताएकाे छ।
ब्याट्री
याे स्मार्टफोनमा ४५०० एमएएच (4500 mAh) काे Non-removable ब्याट्री राखिएको छ। ३३ वाट (33W) काे फास्ट चार्जिङ सिस्टमका साथ आएकाे याे स्मार्टफोन ३० मिनेटमा ५४ प्रतिशतसम्म चार्ज हुने कम्पनीकाे दाबी छ। सहजै हातमा लिएर प्रयाेग गर्न सकिने याे स्मार्टफोनकाे डाइमेन्शन १५९.६x ७५x८.५ एमएम र ताैल १८६.६ ग्राम रहेकाे छ।
अन्य फिचर्स
भीभो भी १९ मा कनेक्टिभिटीकाे लागि यूएसबी टाइप-सी पोर्ट सहित ३.५ एमएम (3.5mm) काे हेडफोन ज्याक, डुअल फाेरजी एलटीई (4G LTE), डुअल सिम (Nano), ब्लूटूथ भर्सन ५.०, वाई-फाई ८०२.११, डुअल ब्याण्ड, जीपीएस / ए-जीपीएस (GPS/A-GPS) आदि जस्ता फिचरहरू समावेश छन्।
कलर अप्शन
कम्पनीले यसलाई Mystic Silver/Sleek Silver र Piano Black/Gleam Black कलर अप्शन्समा उपलब्ध गराएकाे छ।
मूल्य
एउटा मात्र भेरिएन्टमा लन्च गरिएकाे भीभो भी १९ काे मूल्य ४९ हजार ९ सय ९९ रुपैँया निर्धारण गरिएकाे छ। कम्पनीकाे अनुसार याे स्मार्टफाेन नेपालभरका भीभो ब्राण्डसप तथा अनलाइन सपिङ साइटबाट समेत खरिद गर्न सकिने छ।