काठमाडौं - सरकारले जारी संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्री परिषद बैठकले बेलुका पाँच बजेदेखि (असार १८ गते बिहीबार) लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
पार्टी भित्र संकटमा आएका प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरि फर्किएपछि मन्त्रीपरिषद बैठक मार्फत संसदको चालु अधिवेशन अर्थात बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गराएका हुन् ।