काठमाडाैं - कोरोना भाइरसको महामारीका कारण रोकिएको श्रम स्वीकृति पुनः आजदेखि खुल्ला गरिएको छ । बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय भएको हो ।
करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र भिसाको म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिए, कोभिड–१९परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलका आधारमा पुनः श्रम स्वीकृति जारी गर्ने भएको हो ।
श्रम स्वीकृति खुल्ला गरे पनि सरकारले अन्तराष्ट्रिय नाका बन्द गरेको छ ।