काठमाडाैं- सामसङले नेपाली बजारमा बिक्रि भइरहेकाे आफ्ना तीन माेडलकाे लोकप्रिय स्मार्टफोन र एक माेडलकाे ट्याबको मूल्य घटाएको छ। कम्पनीले हालै ग्यालेक्सी नोट सिरिज अन्तर्गतकाे ग्यालेक्सी नोट टेन लाइट (Galaxy Note 10 Lite), ए सिरिज अन्तर्गतका ग्यालेक्सी ए ५१ (Galaxy A51), ग्यालेक्सी ए ५१ (Galaxy A71) र ग्यालेक्सी ट्याब ए १०.१ (Galaxy Tab A 10.1) को मूल्य घटाएको हो।
सामसङले ग्यालेक्सी नोट १० लाइटको बजार मूल्यमा ८ हजार ६ सय रुपैयाँ कटौती गर्दै नयाँ मूल्य ५८ हजार ९ सय ९९ रुपैयाँमा निर्धारण गरेकाे छ। कम्पनीले यसअघि याे स्मार्टफोन ६७ हजार ५ सय ९९ रुपैयाँमा बिक्री गर्दै आएकाे थियाे।
त्यसैगरी कम्पनीले ग्यालेक्सी ए५१ को मूल्य १ हजार ३ सय रुपैयाँले घटाएको छ भने ग्यालेक्सी ए७१ को मूल्य ३ हजार ६ सय रुपैयाँले घटेको छ। याे सँगै ग्यालेक्सी ए५१ को नयाँ मूल्य ३९ हजार ९ सय ९९ रुपैयाँ कायम गरिएकाे छ भने ग्यालेक्सी ए७१ को ग्यालेक्सी ए७१ को ४९ हजार ९ सय ९९ रुपैयाँ मा झरेकाे छ। यसअघि ग्यालेक्सी ए५१ काे मूल्य ४१ हजार २ सय ९९ थियाे भने ग्यालेक्सी ए७१, ५३ हजार सय ९९ मा बिक्री हुदै आएकाे थियाे।
यसका साथै कम्पनीले ट्याब ए १०.१ को मूल्य पनि २ हजार रुपैयाँले घटेकाे छ। याे सँगै कम्पनीले अब ट्याब ए १०.१, ३२ हजार २ सय ९९ रुपैयाँमा बिक्री गर्ने भएको छ।