१. नेकपा स्थायी कमिटी बैठक प्रभावित
शीर्ष तहका नेताबीचको विवादका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आजका लागि तोकिएको बैठक प्रभावित भएको छ । स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भन्ने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदनका विषयले प्रवेश पाएपछि नेताहरुबीचको दूरी बढेको हो ।
२.राष्ट्रपतिद्वारा संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकि छिन् । भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसदको दुवै सदनको चालु अधिवेशन अत्य गरेकी हुन् । बिहीबार साँझ ५ बजे लागू हुनेगरी राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।
३.आजबाट श्रम स्वीकृति खुल्ला
कोरोना भाइरसको महामारीका कारण रोकिएको श्रम स्वीकृति पुनः आजदेखि खुल्ला गरिएको छ । बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय भएको हो ।
४.थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा बिहिबार थप ४ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप ४ सय ७३ जना संक्रमित थपिएकाे बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेकाे छ।
५.भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या छ लाख नाघ्यो
महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६ सय ४१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १ सय ४८ जना कोरोनाभाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन् ।
६. नागरिकताबाट पतिको नाम हटाउने प्रस्ताव
विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति सभापति शशि श्रेष्ठले (झुक्याएर) यस्तो प्रावधान राखेर प्रतिवेदन पठाएको भन्दै सत्तासीन नेकपाकै सांसदले असन्तुष्टि जनाएका छन्।
७. काेराेना संक्रमणकाे कारण ४९ दिनेे शिशुकाे मृत्यु
काेराेना भाइरसकाे संक्रमणकाे कारणा ४९ दिनकाे शिशुकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे सँख्या ३१ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार म्याग्दी जिल्ला धाैलागिरी नगरपालीका वडा नं ४ स्थायी ठेगाना भएका उनकाे असार १७ गते साझ ४ बजे निधन भएकाे छ।
८. बैंकको किस्ता भुक्तानी गर्ने समय छ महिना थप्न माग
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ । पोखरामा प्रधान कार्यालय रही देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यातायात सेवा दिँदै आएको प्रालिले बुधबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी बन्दाबन्दीले सार्वजनिक यातायात सञ्चालन हुन नसक्दा व्यवसायीहरु बैंकको किस्ता तिर्न सक्ने अवस्थामा नरहेकाले सरकारले कर्जा भुक्तानीको समय थप गर्ने व्यवस्था गरिदिन माग गरेको हो ।
९.६ वटा क्यामरा सेटअपको साथमा भीभो भी १९ स्मार्टफोन नेपालमा लन्च, यस्तो छ मूल्य र बिशेषता
कोरोनाभाइरसको प्रकोपका कारण नेपालमा चैत दोस्रो सातादेखि सुरु भएको लकडाउन अहिलेसम्म जारी छ । याे विश्वव्यापी महामारीले निम्त्याएको लकडाउनले अर्थतन्त्रमा गम्भीर असर पारिसकेको छ। अन्तर्राष्ट्रिय व्यापार पनि निकै घटेको छ भने अधिकांश व्यापार तथा व्यवसाय अहिले ठप्प छन्। यसले टेक क्षेत्रमा अझै ठूलो प्रभाव पारिरहेको छ। पछिल्लाे केहि बर्षदेखि फस्टाउदै आइरहेकाे यो क्षेत्र कोरोनाभाइरस सङ्क्रमणका कारण गम्भीर जोखिममा परेको छ। स्मार्टफोनको बिक्री अनि आपूर्ति प्रभावित छ।
१०. सामसङले स्मार्टफोनको मूल्य घटायो
सामसङले नेपाली बजारमा बिक्रि भइरहेकाे आफ्ना तीन माेडलकाे लोकप्रिय स्मार्टफोन र एक माेडलकाे ट्याबको मूल्य घटाएको छ। कम्पनीले हालै ग्यालेक्सी नोट सिरिज अन्तर्गतकाे ग्यालेक्सी नोट टेन लाइट (Galaxy Note 10 Lite), ए सिरिज अन्तर्गतका ग्यालेक्सी ए ५१ (Galaxy A51), ग्यालेक्सी ए ५१ (Galaxy A71) र ग्यालेक्सी ट्याब ए १०.१ (Galaxy Tab A 10.1) को मूल्य घटाएको हो।