काठमाडाैं– नेपालमा शनिबार थप २ सय ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका बिभिन्न प्रयाेगशालामा गरेकाे परिक्षणमा थप २ सय ३२ जना संक्रमित थपिएकाे बताए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।
यस्तै पछिलाे २४ घण्टामा २ सय ७२ जना काेराेना मुक्त भएर घर फर्केका छन्। याे सँगै हालसम्म नेपालमा काेराेना मुक्त हुनेकाे कुल संख्या ६ हजार ४१५ पुगेकाे छ।