काठमाडाैं– नेपालमा काेराेना संक्रमणाकाे कारण थप दुई जनाकाे मृत्यु भएकाे छ। स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले याेसँगै नेपालमा काेराेना बाट मृत्यु हुनेकाे संख्या ३४ पुगेकाे जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा गाेरखा जिल्ला पालुङटार नगरपालीका वडा नं ७ का ४४ वर्षिय पुरूष रहेका छन्। उनी असार १७ गते कतार बाट नेपाल आएका थिए। उनकाे (आज) असार २० गते जिल्ला अस्पतालको आइसोलेनमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे। उनी मधुमेह र निमाेनियाका बिरामी पनि रहेकाे जनाइएकाे छ।
त्यस्तै रूपनदेही देवदुवा नगरपालीकाका ७५ वर्षिय पुरूषकाे पनि काेराेनाकाे कारण मृत्यु भएकाे छ। असार १४ गते त्रीवी शिक्षण अस्पतालमा भर्ना भएका उनी क्षयराेगका बिरामी थिए। गत असार १७ गते उनकाे मृत्यु भएकाे हाे।