काठमाडाैं– प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको शवबाट काेराेना नसर्ने बताएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा उनले सामान्य सावधानी अपनाएर अन्त्येष्टि गर्न सकिने बताए।
‘कोरोना संक्रमितको शव जमिनमा खाल्डो खनेर गाड्ने, जलाउने वा अन्य तरिकाले आफ्नै रितिरिवाजअनुसार व्यवस्थापन गर्न सकिन्छ,’ डाक्टर गौतमले भने, ‘मृत्यु भइसकेकोले श्वासप्रश्वासलगायत क्रियाकलाप गर्दैन। खोक्ने, हाछ्यु गर्ने र थुकका छिटाबाट कोरोना सर्ने हो जुन कार्य मृत्यु भइसकेकोले गर्दैन।’
उनले शव व्यवस्थापनमा स्थानिय वासिन्दाले विराेध गर्दै आएकाे बताँउदै अवरोध नगर्न आग्रहसमेत गरेका छन्।