काठमाडाैं - कोरोना र जारी लक डाउनका कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको हो ।
आन्तरिक मूल्यांकन कसरी गर्ने भन्ने सम्बन्धमा कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।
यस्तै कक्षा १२ को विषयमा भने कुनै निर्णय गरिएको छैन। कक्षा १२ को अन्तिम परीक्षा भएकाले केही समय पर्खिने जनाएको छ। कोरोना संक्रमण अझै लम्बिए त्यससम्बन्धी पनि विचार गर्न सकिने परिषदले जनाएको छ।
यस अघि एसईई अर्थात कक्षा १० को परीक्षा पनि रद्द गरिएको थियो।